१३ पुस, घोराही-
घोराही १४ मा महिला र बृद्धबृद्धालाई बोल्ने कला सम्बन्धी तालिम प्रदान गरिएको छ । वडा भित्र रहेका बृद्धबृद्धा र महिलाहरुलाई बोल्ने कलाको तालिम प्रदान गरिएको हो । वडा स्तरिय सक्षम आमा समुहले विभिन्न टोलमा रहेका बृद्धबृद्धा र महिलाहरुको खोजी गरि क्षमता बृद्धि तालिम प्रदान गरेको हो ।
घरमा बस्दै आएका महिला र बृद्धहरुले आफ्ना कुरा सिधै घर परिवार, सरकारी कार्यालय र गैर सरकारी कार्यालय समक्ष राख्न नसक्दा धेरै समस्या भोगेको भन्दै उक्त तालिम दिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
गत पुस ११ देखि सुरु भएको तीन दिने तालिमको प्रशिक्षकमा मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाई रहनु भएको थियो ।।