२०८१ माघ ४ गते शुक्रवार

पछौटे डढुवा रोगबाट सतर्क रहन आग्रह



१३ पुस,सल्यान – सल्यानमा केही दिनयता मौसममा आएको परिवर्तनले आलु र टमाटरमा पछौटे डढुवा रोगको सम्भावना धेरै भएकाले सर्तकता अपनाउन किसानहरुलाई आग्रह गरिएको छ ।

कृषि विकास कार्यालय सल्यानले एक सूचना जारी गर्दै केही दिनयता मौसममा परिर्वतन आएको भन्दैै जिल्लामा आलु र टमाटर खेती गर्दै आएका किसानहरुलाई सर्कतकता अपनाउन आग्रह गरेको हो । जिल्लाका अधिकांश किसानहरुले आलु र टमाटर खेती गर्दै आएका छन् ।

हिउँदे सिजनमा गरिने यस खेतीलाई वर्षाले असर गर्नसक्ने कार्यालयले जनाएको छ । जिल्लाको शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, सिद्धकुमाख गाउँपालिका लगायतका विभिन्न स्थानहरुमा हिउँदे आलु खेती हुँदै आएको छ ।

यस्तै कपुरकोट, रिम, सिनवाङ गरिज्युला, बनगाड, बरला, थारमारे लगायतका क्षेत्रहरुमा टमाटर खेती हुँदै आएको छ । बढी तापक्रम, बादल लागेको वा हल्का पानी परेको वा हावाको ओसिलोपना भएको बेला यसको प्रकोप धेरै फैलने गरेको कार्यालयका निमित्त प्रमुख भरतबहादुर बस्नेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्