२०८१ चैत्र ११ गते सोमवार

सरस्वती मावि को ४० औ बार्षिकोत्सव सम्पन्न



१३ पुस,घोराही।

घोराही उपमहानगरपालिका १५ काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयले आज ४० औं बार्षिकोत्सव मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन् ।

प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका समाजिक विकास समितिका संयोजक भरतमणि अर्यालले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि उपमहानगर तयार रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्