२०८२ बैशाख १२ गते बिहिवार

घोराही उपमहानगरको ८ औँ नगरसभा सुरु



१३ पुस,घोराही ।
र घोराही उपमहानगरपालिकाको ८ औँ नगरसभा आजबाट सुरुभएको छ । नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले नगर कार्यपालिकाको १२ ओटा बैठकले गरेका निर्णय र दुई वटा ऐन तथा नियमावली प्रस्तुत गर्नुभएको छ ।

नगर कार्यपालिकाले गरेका बैठकका निर्णयलाई नगरसभा सदस्यहरुले अनुमोदन समेत गरेका छन् । त्यसैगरी, नगरसभामा स्थानीय तहमा वाताव।ण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र सहकारी नियमावली २०७७ लाई पेश गरिएको छ ।

यही पुस १ गते नगर कार्यपालिकाको बैठकबाट पारित गरिएको उक्त नियमावली र विधेयकलाई नगर प्रमुख चौधरीले अनुमोदनका लागि नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

उपमहानगरले अहिले सम्म ६२ वढी कार्यविधी, नियमावली, ऐन, निर्देशिका, मापदण्ड बनाएको छ । नगरसभा आगामी २० गते सोमबार बस्ने गरि स्थगित भएको छ ।।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्