२०८२ बैशाख ९ गते सोमवार

२४ घण्टामा ६ सय ५९ जनालाई सङ्क्रमण पुष्टि, सात जनाको मृत्यु



१३ पुस, दाङ । नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५० हजार नाघेको छ । गएको २४ घण्टामा सात सय १८ जनाले कोरोनालाई जितेसँगै निको हुनेको सङ्ख्या दुई लाख ५० हजार पाँच सय ८१ पुगेको हो ।

नेपालमा गएको २४ घण्टामा ६ सय ५९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ५८ हजार आठ सय ४० पुगेको छ ।

नेपालमा सोमबार सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार चार सय २७ रहेको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्