१३ पुस,घोराही । सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ७ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
बम
यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४०० रहेको छ ।
त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३५ रुपैयाले बढेर १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार