२०८२ बैशाख ९ गते सोमवार

दाङमा पहिलो पटक सिभिलले सुगर रोग विशेषज्ञबाट सेवादिदै



१३ पुस,घोराही ।
विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा विशेष सेवादिदै आएको दाङ घोराही स्थित सडक विभाग नजिक रहेको सिभिल फार्मा एण्ड् क्लिनिकले आफ्नोे सेवालाई थप व्यवस्थित गरेको छ । हरेक विरामीहरुलाई सर्वसुलभ उपचार तथा औषधी उपलब्ध गराउने उद्धेश्य सहित संचालनमा आएको क्लिनिकले आफ्ना सेवाहरुमा थप व्यवस्थित गरेको हो ।
प्रत्येक दिन जनरल फिजिसियनद्धारा चेकजाँच तथा शनिबार विशेषज्ञ सेवा दिईरहेको क्लिनिकका संचालक सरद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुगर,प्रेसर,मुटु,वाथ तथा छाला रोगको औषधी सुपथ मुल्यमा उपलब्ध गराईरहेको जानकारी दिनुभयो ।
त्यसैगरि प्रयोगशालामा विशेष छुट गरिएको छ भने औषधी अनलाईन तथा निशुल्क होम डेलिभरी सेवा दिदै आईएको जनाईएको छ । दिर्घरोगी बिरामीहरुका लागि निशुल्क सदस्यता कार्ड वितरण गरिदैआएको समेत संचालक अधिकारीले बताउनुभयो ।

उक्त क्लिनिकले दाङ जिल्लामै पहिलो पटक सुगर रोग बिशेषज्ञ डाक्टरबाट सेवा दिन लागेको छ । विगत १० वर्षदेखि काठमाडौं तथा लुम्बिनी नर्सिङ होममा कार्यरता वरिष्ठ सुगर रोग विशेषज्ञ एमबिबिएस,एमडि तथा डिएमडि डा.किरण आचार्यद्धारा यहि पुस २५ गते शनिबार सेवादिन लागेको हो । फोनबाट पनि नाम दर्ता गर्न सकिने क्लिनिकले जानकारी दिएको छ ।
जिल्लाका अन्य अस्पतालहरुको तुलनामा केही सस्तो लागतमा सेवा दिने बताएको छ । यस्तै जेष्ठ नागरिक, अपांग, असहाय, गरिव, सिमान्तकृत वर्गका लागि पनि विशेष छुटमा सेवा दिने संचालक अधिकारीलले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्