२०८१ साउन १० गते बिहिवार

वर्षौ पछि धुमधामका साथ मनाइयो लुङ्खुरीडाँडा सांस्कृतिक मेला



वर्षौ पछि धुमधामका साथ लुङ्खुरीडाँडा सांस्कृतिक मेला मनाइएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं १९ साविकको सैघा लुङ्खुरी डाँडामा आयोजना गरिएको लुङ्खुरी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । लुङ्खुरी डाँडामा आज भन्दा करिव २५ वर्षदेखि मेला लाग्ने गरेपनि विचमा रोकिएको र अहिले फेरी शुरुवात गरिएको स्थानीय टोप बहादुर रानाले बताउनुभयो ।

पुर्खाहरुले सो ठाउँमा सिद्धबाबाको पुजाआजा गर्दै आएका थिए । साविक सैघा जिल्लाको विकट ठाउँ मानिन्छ । सो ठाउँको कलाु संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष ज्ञान बहादुर रायमाझिले बताउनुभयो । उहाँले आफ्नो परम्परालाई जोगाउन अव सो ठाउँमा निरन्तर रुपमा मेला आयोजना गरिने बताउनुभयो ।

सो कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पर्यटन प्रवद्र्धनलाई विकास गर्न लुङ्खुरी डाँडामा लाग्ने सिद्धबाबाको मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले परम्परागत रुपमा बनाइएका मन्दिरलार्इँ थप व्यवस्थित गर्न आगामी दिनमा टिनको छानो लगाएर भए पनि पुजापाठ गर्नको लागि मन्दिर निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सबै ठाउँमा अझै विद्युत विस्तार हुन नसकेको बताउदै आफुले पहल गरिरहेको बताउनुभयो ।

उक्त मेलामा विभिन्न ठाउँबाट आएका भक्तजनहरुले मेला अवलोकन गर्नुका साथै नाचगान गरेर मनोरञ्जन पनि लिएका थिए । सोही क्रममा विभिन्न टोलबाट आफ्नो परम्परा झल्कने सिङ्गारु नाचको प्रस्तुती देखाइएको थियो । त्यससँगै हास्यकलाकार कमल गाउँले, गायक यादवनाथ योगीले आफ्नो कला प्रस्तुत गर्नुभएको थियो भने डान्सर सलिना थापाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्