१२ मंसिर,घोराही – नेपाली कांग्रेस दाङको जिल्ला २ जना उपसभापतीका लागि उमेद्वारी दिएका ७ जना मध्ये कमानसिंह भारती र गिरीराज सुुबेदी विजयी हुनुभएको छ । उपसभापती पदका उमेद्वार यकराज आचार्य, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीलाई पराजित गर्दै भारती र सुबेदी उपसभापती पदका लागी निर्वाचित हुनुभएको हो ।
कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३५ जनाले भोट हालेका निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, दुुई सचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये सूूर्यप्रकाश राना र कृष्णप्रसाद सुुबेदीलाई पछि पार्दै बालिका लम्साल र अर्जुुनकुमार योगी निर्वाचित हुनुभएको छ । यसैगरी, २ सहसचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये लक्ष्मि योगी, र हरिप्रसाद भुुसाललाई पछि पार्दै राजुु आचार्य र सुुबोधकुुमार डाँगी निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् । जस अनुुसार ६ जना सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।।