२०८१ माघ १२ गते शनिवार

कांग्रेस दाङः उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने



१२ मंसिर,घोराही-
नेपाली कांग्रेस दाङको दोस्रो चरणको मतदान हुँने भएको छ । दाङ जिल्ला सभापतिमा भएको निर्वाचनमा उम्मेदवारी दिएका चारमध्ये कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ । सभापति चयनका लागि आज विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन समितीले जानकारी दिएको छ ।

शनिबार भएको निर्वाचनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान हुने समितिले जनाएको छ ।

निर्वाचनमा २१३८ जनाले मतदान गरेकामा शंकर प्रसाद डाँगीले ७७२ ,भुप वहादुर डाँगीले ५४३ ,जानकिलाल वस्नेतले४७१ र कमल किशोर घिमिरेले ३११ मत पाउनु भएको थियो । सभापतिमा उम्मेदवारी दिएकामध्य पहिलो चरणमा कुनै पनि उम्मेदवारको बहुमत नआएमा दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुँने ब्यवस्था छ ।

सभापति पदमा शंकर र भुप वहादुरबीच पुनःप्रतिस्पर्धा हुनेछ । शनिबार निर्वाचन सकिय लगत्तै सभापति,उपसभापती,सचिब र सहसचिबको मतगणना सुरु गरियको थियो । सभापतिको पुनः निर्वाचन हुँने भएता पनि उपसभापतिमा गिरिराज सुबेदी र कमानसिंह भारती सचिबमा अर्जुन कुमार योगी र बालिका लम्साल तथा सह सचिबमा राजु आचार्य र सुबोध कुमार डाँगी बिजयी हुँनु भएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्