१२ मंसिर,काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलले पछि नहटे हलमा हात उठाउन लगाएर मत परीक्षणको विधि अपनाइने भएको छ ।
मतदान नै गराउनुभन्दा हात उठाउने विधिबाट समेत मत परीक्षण हुने भएकाले हलमै खुलारूपमै रावल पक्षको मत परीक्षण गरिने अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतले जानकारी दिएको छ ।
हलमा रावलको पक्षमा कमजोर मत देखाएर अध्यक्ष ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई अनुमोदन गराइने भएको छ ।
शनिवारको बन्दसत्रबाट पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । तर यसमा भीम रावलले आपत्ति जनाएका छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार