२०८२ बैशाख १८ गते बुधवार

दाङमा भैंसीको आक्रमणबाट एक महिलाको मृत्यु



१२ कात्तिक । दाङमा भैंसीले हानेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ बालापुर निवासी ५२ बर्षीया राधा यादवको उपचारका क्रममा मृत्युु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक राजकुमार भट्टका अनुसार यादवलाई उनकै भैंसीले मंगलवार बेलुका ६ बजेतिर चराएर घर फर्किने क्रममा हानेको थियो ।

उनको लमही अस्पतालमा पु¥याएको केही बेरमै मृत्यु भएको थियो । यादवको अनुहार र टाउको लगाएमा भैंसीले हान्दा घाउ लागेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्