१२ कात्तिक । लुकाई छिपाई ल्याएको अबस्थामा प्रहरीले नागढुंगा नाकाबाट १० बोरा पटाका सहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले चेकजाँचको क्रममा यात्रुबाहक बसबाट पटाका सहित एक जनालाई पक्राउ गरेको हो ।
महेन्द्रगनरबाट काठमाण्डौ आईरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा उक्त यात्रुबाहक बसको सिटहरू मुनि लुकाई छिपाई ल्याएको अवस्थामा पटाका भेट्टिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
अनुसन्धानको क्रममा प्रहरीले तत्काल उक्त बसका चालक कन्चनपुर भिमदत्त नगरपालिका–४ का नबिन जोशीलाई पक्राउ गरीएको छ ।
उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाण्डौ उपत्यकामा बिक्री वितरण गर्न महेन्द्रनगरबाट ल्याईएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । बरामद भएको पटकाको अवैध बजार मुल्य अन्दाजि १३ लाख ३० हजार रूपैया रहेको प्रहरीको अनुमान छ ।