२०८१ माघ ५ गते शनिवार

अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु



१२ कात्तिक । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्