२०८२ बैशाख १२ गते बिहिवार

तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने



१२ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो ।

सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सातवटै वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।

(रासस)

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्