२०८१ चैत्र ११ गते सोमवार

कुमार विक हत्या आरोपमा ३५ जना नियन्त्रणमा, घटनाको विषयमा जिल्लाको टोलीले अनुसन्धान थाल्यो



११ कात्तिक/ अज्ञात समूहले सोमबार राति दाङ तुलसीपुर, ११ नवलपुरका ४५ बर्षीय कुमार विकको बायाँ खुट्टा छिनाएको घटनाका विषयमा जिल्लाको टोलीले पनि अनुसन्धान थालेको छ ।

मंगलबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दसहितको टोलीले तुलसीपुर पुगेर त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएको थियो ।

घटनाका विषयमा अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३५ जनालाई नियन्त्रणमा लिएको छ । ईप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहका अनुसार उनीहरूलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भन्दै उनीहरूको नाम गोप्य राखिएको छ ।

उक्त घटना कुनै दुश्मनी साँधेर नभएकाले पनि अनुसन्धानमा कठीनाई भएको उनले वताए । तर, अपराधी नफुत्किने उनको भनाई छ ।

घाईते विकको चुरिगाँठादेखि मुनीको भाग छुट्टिनुकासाथै दुईवटै हातमा चोट लागेको छ । टरिगाउ भाञ्जाको विहे खाएर फर्किने क्रममा सोमवार राति १० बजेतिर अज्ञात समूहले आक्रमन गरेको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्