२०८२ बैशाख १० गते मङ्गलवार

गायक तथा सर्जक भुवन सागर मगरको ‘खेलेर देउसी र भैलो’ सार्वजनिक (भिडियो सहित)



१२ कार्तिक । गायक तथा सर्जक भुवन सागर मगरको तिहारको गीत खेलेर देउसी र भैलो सार्वजनिक भएको छ । आफ्नै कला, सस्कृति र मौलिकतामा आधारित खेलेर देउसी र भैलो गीतमा चुमान काउछा मगरले एरेन्ज गरेका हुन ।
गायक तथा सर्जक भुवन सागर मगरको शब्द तथा लय रहेको मौलिक तिहार गीत ‘खेलेर देउसी र भैलो’ बोलको गीतमा स्वयमं गायक भुवन सागर मगर, चुमान काउछा मगर र पबित्रा मगरको स्वर रहेको छ । उक्त गीतको भिडियोलाई पबित्रा सर्तुङ्गे मगरको यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा याम गुरुङ, निर आले मगर, प्रिया मगर र निर्मला ओलीको अभिनय देख्न सकिन्छ । अमर सुनारको निर्देशन, राम सिहं भाटको छायाकंनमा रहेको भिडियोको सम्पादन लोकेश भाटले गरेका हुन ।

भिडियो हेर्नुहोस…..

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्