२०८१ मङ्सिर २५ गते मङ्गलवार

घोराहीमा एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण सुरू



१२ असोज,घोराही –
नेपाल पत्रकार महासंघको आयोजनामा दाङको घोराहीमा एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण सुरू भएको छ । मंगलबार तालिमको उद्घाटन गर्दै आयोजक महासंघका निवर्तमान अध्यक्ष तथा तालिमका प्रशिक्षक गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा खड्कीएको जनशक्ति निर्माण गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता पेसा निकै संवेदनशील भएकाले निकै ध्यानपूर्वक रुपमा प्रशिक्षण लिन आग्रह गर्नुभयो । उक्त आधारभुत पत्रकारिता तालिम पस्चात आगामी दिनमा समेत पत्रकारिताका एड्भान्स तालिम आयोजना गर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रमका अध्यक्ष दुर्गालाल के.सीले समाजलाई शुसुचित गर्नका लागि दक्ष पत्रकार उत्पादन आजको आवश्यकता भएको बताउदै तालिमले प्रशिक्षार्थीहरुको व्यवसायीक दक्षता अभिबृद्धि गर्न उक्त तालिम संचालन गरिएको बताउनुयो । पत्रकारको क्षमता अभिवृद्धिका लागि आगामी आर्थिक वर्ष भरी नै विभिन्न किसिमका तालिम सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा स्वागत मन्तब्य राख्दै शाखा दाङका उपाध्यक्ष बसुन्धरा गौतमले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर सफल पत्रकार बन्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै शाखा दाङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनले राज्यको अभिन्न अङ्गको रुपमा रहेको सञ्चार क्षेत्रमा क्षमतावान् व्यक्तिको आवश्यकता सधैँ खड्किरहने भन्दै एक हप्ते पत्रकारिता तालिमबाट उत्कृष्ट पत्रकार उत्पादनका लागि आधार तय हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । उक्त तालिम सञ्चार, आमसञ्चार, पत्रकारिता, समाचार, समाचार लेखन, फोटो र पत्रकार आचार संहिताका विषयका सैद्धान्तिक र व्यवहारिक अभ्यासका विषयमा केन्द्रीत रहने छ। महासंघ दाङको संयोजनमा संचालित तालिममा दाङका विभिन्न संचारगृहमा आवद्ध ४० जना प्रशिक्ष्यार्थी रहेका छन् । तालिम असोज १८ गते सम्म संचालन हुनेछ ।

महासङ्घ दाङका अध्यक्ष दुर्गालाल के.सीको अध्यक्षतामा भएको कार्यक्रममा इस्टरनेशनल अलर्टका प्रशिक्षक विजय क्षेत्री, महासंघका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, महासङ्घ दाङका उपाध्यक्ष सन्तोष सुबेदी , हिरन्ज जोसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सचिव आर.के सितलले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्