२०८१ माघ २६ गते शनिवार

रुपन्देहीमा ट्रकले ठक्कर दिंदा आमा–छोराको मृत्यु



१२ असोज,दाङ-

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् ।

उनीहरु आमा–छोरा रहेको जनाइएको छ । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्