१२ भदौ, घोराही –
घोराही उपमहानगरपालिकाले गएको साउन २१ र २२ गते लगाईदिएको कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज भोली र पर्सि लगाउने भएको छ ।
स्वास्थ्य समितिको आज बसेको बैठकले साउन २१, २२ र त्यस भन्दा पहिले भेरोसेल खोप लगाएका तर छुटेकाहरुलाई समेत समेट्दै भोली र पर्सि १९ वटै वडामा खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले १९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेर दोस्रो डोज खोप लगाउने निर्णय गरेको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।
दोस्रो डोज खोप लगाउनु पर्ने २ हजार ७ सय ६० जना रहेको र त्यस अघि दोस्रो डोज छुटेकालाई पनि समेट्ने निर्णय भएको छ ।।