१२ भदौ, दाङ –
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहमाथि कालोमोसो दल्ने व्यक्तिहरु अहिले जिल्ला बाहिर भएकाले पक्राउ गर्न समस्या भएको दाङका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले बताउनुुभयो ।
घटनाका बारेमा समयमा खबर नहुँदा पनि समयमै पक्राउ गर्न नसिकएको उहाँको भनाई छ । उहाँले आफुहरुलाई घटना भएको २ घण्टा पछि मात्रै जानकारी आएकाले पक्राउ गर्न असहज भएको बताउनुुभयो । अस्पतालमै प्रहरी २४ घण्टा खटिएको भएपनि उनीहरुलाई जानकारी नभएका कारण अस्पतालको हाता भित्रैबाट छोप्न नसकिएको बताउनुुभयो । तर समयमै जानकारी नदिनु नै शंकाको बिषय बनेको उहाँले बताउनुुभयो ।
अघिल्लो दिन पनि अस्पतालमा हातपातसम्म हुँदा पनि आफूहरुलाई कुनै खबर नआएको पनि प्रहरी उपरीक्षक काफ्लेले बताउनुुभयो । साथै अहिले अभियुक्तको खोजी कार्य जारी राखेको पनि उहाँले बताउनुुभयो ।
अभियुक्त परियार आज विहान ८ बजेतिर फेसबुक लाइभमा आएका थिए । अस्पतालमा वेथिति देखिएकाले कालोमोसो दल्न बाध्य भएको उनले प्रतिक्रिया दिएका छन् ।।