२०८१ फाल्गुन ३ गते शनिवार

कालोमोसो दल्ने व्यक्तिहरु पक्राउ नपरेपछि स्वास्थ्यकर्मी धर्नामा



१२ भदौ, घोराही – राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहमाथि कालोमोसो दलेको एक दिन वित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउसो १ बजेदेखि साढे १ बजेसम्म ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४र ५ जना युवाहरुले डा। सिंह माथि दुव्र्यबहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रुप लिएपछि परियारसहितको टोलीले शुक्रबार डा. माथि कालोमोसो दलेका थिए ।।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्