१२ भदौ, घोराही –
गएको जेठ महिना यता दाङ सहित देशभर मनसुनजन्य घटनामा परि ८५ जनाको मृत्युभ भएको छ । बाढी पहिरोमा परेर ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म पाँच हजार पाँच सय जना बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो । अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको छ ।
बाढी पहिराले क्षति पु¥याएको ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
यता दाङमा चालु आर्थिक वर्षको डेढ महिनामा मनसुनजन्य विपद्का घटनामा परी ८ जनाको मृत्यु भएको छ । ८ जनाकै मृत्यु खोलाले बगाएर भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
मृत्यु हुने ८ जनामा घोराहीका २ जना, तुलसीपुरका २ जना, लमही, दंगिशरण, बंग्लाचुली र शान्तिरनगरका १÷१ जना रहेको केन्द्रका सुचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।
यस्तै खोलाले बगाउदा बेपत्ता भएका २ जना अझै भेटिएका छैन्न् । दाङको पहाडी क्षेत्रमा पहिरो र तटीय क्षेत्रमा बाढीको जोखिम उच्च रहेको छ ।।