१२ भदौ, घोराही –
असुरक्षाको कारण देखाउँदै तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराका स्थानीयले प्रहरी चौकीको माग गरेका छन् । गहतेखोला, तुलसीपुर–हापुरे सडकको रोटेपानी र बाघमारे सडकको भमकेखोला रातको समयमा असुरक्षीत भएपछि सरोकाकारवाला निकायको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।
गाउँमा लागुऔषध दुव्र्यसनीमा लाग्ने युवा र बालबालिकाको संख्यामा वृद्धि, कुटपिट, लुटपाट, वन पैदावार चोरी निकासी र अबाञ्चित कृयाकलाप बढ्न थालेपछि गाउँमा छलफल भएको हो ।
लम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, ईलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिका लगाएतका निकायलाई प्रहरी चौंकी स्थापनाका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
मितेरी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले एकतावद्ध तवरले विकृति र विसंगतिका विरुद्ध लाग्नुपर्नेमा जोड दिएका छन् ।।