१२ भदौ, घोराही –
महालेखा परीक्षकको प्रतिवेदन अनुसार सल्यानमा ५४ करोडरुपैयाँ बेरुजु देखिएको छ । महालेखाको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार ३ नगरपालिका र ७ गाउँपालिकामा ५४ करोड ४० लाख ८७ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
सबैभन्दा बढी सिद्धकुमाख गाउँपालिका र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा बेरुजु देखिएको छ । सिद्ध कुमाखमा ४ करोड ९३ लाख ७ हजार र त्रिबेणिमा २ करोड २१ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
कपुरकोट गाउँपालिकामा २ करोड ७९ लाख ९१ हजार, कालिमाटी गाउँपालिकामा ३ करोड ९६ लाख ४८ हजार, कुमाख गाउँपालिकामा ६ करोड ४७ लाख २ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी, छत्रेश्वरी गाउँपालिकाको ८ करोड ९२ लाख २ हजार, दार्मा गाउँपालिकाको ४ करोड ८९ लाख २ हजार, बनगाड कुपिण्डे नगरपालिकामा ५ करोड ३५ लाख ९३ हजार, बागचौर नगरपालिकामा ९ करोड ७४ लाख २ हजार र शारदा नगरपालिकाको ८ करोड ४० लाख ८४ हजार बेरुजु देखिएको छ ।।