२०८१ जेष्ठ ५ गते शनिवार

सडक खण्डहरुमा ठूलाठूला खाडल पर्दा दाङमा दुर्घटना बढ्दै



१३ साउन, घोराही –
दाङका विभिन्न सडक खण्डहरुमा ठूलाठूला खाडल पर्दा दुर्घटना बढ्दै गएको छ । सडक जिर्ण हुदा र निर्माण व्यवसायीले विभिन्न बहानामा खनेका खाल्डोहरु अहिले पासो बनेको छ । सडक भताभुंग पारेर लामो समय सम्म काम नहुदा सवारीका साधन त्यही खाल्डोमा पर्दा मानिसको मृत्यु समेत हुने गरेको छ ।

घोराही तुलसीपुर सडक फराकिलो पार्ने नाममा केही समय देखी काम अलपत्र छ । ह्युमपाईप राख्ने भन्दै खनिएको खाल्डोमा हिजो मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्युभएको छ ।

यस अघि पनि दुर्घटनामा मानविय क्षति भएको थियो । घोराही तुलसीपुर सडक खण्डका एक दर्जन बढी स्थानमा खाडलहरु छन भने सडकको दुबै छेउमा कटिङ गर्दा सडक झनै साँघुरो भएको छ ।

उता घोराही लमही सडक खण्ड पनि जिर्ण बन्दै गएको छ । सडकको भार क्षमता भन्दा बढी समान बोक्ने गाडीहरु सञ्चालनमा आउदा दर्जनौ ठाउँमा सडक भासिन लागेको छ भने खाल्डैखाल्डा परेको छ ।

यसैबिच हिजो मोटरसाईकल दुर्घटनामा परेको पर्सेनीको खाल्डो २४ घण्टा भित्र पुरिएको छ । घटना भए लगत्तै पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायीलाई तत्काल सडक मर्मत गर्न निर्देशन दिएपछि खाडल पुरिएको हो ।।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्