२०८१ जेष्ठ ५ गते शनिवार

घोराहीमा बैङ्कको एटिएममा तोडफोडको प्रयास



१३ साउन, घोराही –
घोराहीमा रहेको कुमारी बैङ्कको एटिएममा तोडफोडको प्रयास गरिएको छ । गयराती एक बजेतिर बैङ्कको एटिएममा तोडफोडको प्रयास भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एटिएमको पछाडी रहेको सटर खोलेर रकम चोरी गर्ने प्रयास गरिएका थियो ।

तोडफोडको प्रयास गरिएपनि रकम चोरी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । एटिएम कसले र किन तोड्ने प्रयास ग¥यो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्