२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा जडिवुटीका विरूवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण



१३ साउन,घोराही –
दाङमा जडिवुटीका विरूवा रोप्ने किसानहरूलाई प्रोत्साहन रकम वितरण गर्न सुरू गरिएको छ । विशेषगरी जिल्लाको पहाडी भेगमा जडीबुटीका विरूवा रोपेका किसानहरूलाई प्रोत्साहन वापतको रकम वितरण सुरू गरिएको हो ।

डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा बंगलाचुलीका करिव ६ सय बढी किसानहरूलाई प्रोत्साहन रकम वितरण गर्न सुरू गरिएको हो ।

सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडाहरूमा ७० हजार बढी विरूवाहरू रोपिएको छ । जसमध्ये घोराही उपमहानगरपालिकाको १८ र १९ नं वडा र बंगलाचली गाउँपालिकाको वडा नं .१ , २ , ३ , ४ र ५ मा टिमुर, मालागेडी र दालचिनीका विरूवाहरू रोपिएको छ ।

विरूवा रोपेका किसानहरूलाई प्रति विरूवा ३ रूपैंयाको दरले प्रोत्साहन रकम प्रदान गरिने संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रोत्साहन रकम वितरणका लागि संस्थाले १० लाख रकम छुट्टाइएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्