२०८१ चैत्र ६ गते बुधवार

दाङमा रकम हिनामिना गरेको मुद्दामा चार जनालाई थुनामा राख्न आदेश



१४ असार, घोराही –
दाङमा सहकारीको पाँच करोड रुपैयाँ बढी रकम हिनामिना गरेको मुद्धामा जिल्ला अदालतले चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल विक्रम राना, ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मणिराम भण्डारी र लेखापाल विकास न्यौपानेलाई अदालतले हिजो पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सह–लेखापाल रानाकी श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । अरु २० जना फरार सूचीमा छन् । सहकारीका सदस्यहरूले आफूहरुको पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहित २५ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेका छन् ।

तर, गाउँपालिकाका अध्यक्ष सुवेदीले विगत ५ वर्षयता सहकारीको कुनै पनि पदमा नरहेको जानकारी गराउनुभएको छ । साथै रकम हिनामिना गरेको पुष्टि भए दोषीलाई कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्