२०८१ माघ ७ गते सोमवार

दाङमा जारी लकडाउन अझै थपिन्छ, ढुक्क भएर बस्ने अवस्था छैन : सिडियो पौडेल



१४ जेठ,घोराही –
दाङमा जारी लकडाउनको समय भोली सकिदै छ । कोरोना भाइरस संक्रमणको रोमथाम तथा नियन्त्रणमका लागि जिल्लामा गत बैशाख १७ गते विहान ६ बजे देखि लकडाउन गरिएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैशाख ३१ गते बसेको तेस्रो बैठमले भोली १५ गते सम्म समयाबधी थपेको थियो । जिल्लामा कोरोना सक्रमणको जोखिम अझै कायमै रहेकाले लकडाउनको समय थप्नुुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुुभएको छ । आज खोजरफ्तार संग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले अहिलेको अवस्थालाई मध्यनजर गर्दे आज विहान ११ बजे डिसीसीएमसीको बैठक बस्ने जानकारी दिनुुभएको छ ।

करिव एक महिनाको यो अवधिमा कोरोनाको संक्रमण दरमा क्रमिक रुपमा सुधार आएको बताउनुुभयो । बैशाखदेखि अहिलेसम्म ६ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ भने ५ हजार ४ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तैै जिल्लामा संक्रमणबाट मृत्यु हुने बैशाखदेखि हालसम्म १६४ जना पुगेको छ ।

यता लकडाउनको समय थपिदै जाँदा दैनिक मजदुरी गरि आफ्नो दैनिकी चलाउदै आएका अति विपन्न,सुकुम्बासी,दलित,मजदुर तथा अधिकांश समुदायमा लकडाउन थपिदै जाँदा खाद्यान्न सैगै आर्थिक संकट पर्न थालेको छ । यस तर्फ पनि सरकारले ध्यानदिन आवश्यक देखिएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्