२०८१ चैत्र ६ गते बुधवार

मोडल भण्डारीको ‘तिम्रै मायाले’ गित सार्वजनिक




१५ बैशाख,घोराही –
दाङका चर्चित रेडियोकर्मी सागर भण्डारीले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । घोराहीको रेडियो मध्यपश्चिममा तपाईको अभिनय नामक कार्यक्रम सञ्चालन गरेर लोकप्रियता बटुलेका भण्डारी पछिल्लो समय कालाकारितामा समेत जम्दै गरेका एक सफल पात्र हुन ।

कार्यक्रम अनि आवाजबाट लोकप्रिय बनेका सागरले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् । व्यवसाय, सन्चारकर्म र कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका सागरले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । उसोत सागरले अभिनय गर्ने म्युजिक भिडियो फिल्मी शैलीका हुने गर्छन् ।

यसैबीच, सागर भण्डारी र चर्चित मोर्डल थरिमा शर्मा अभिनित नयाँ गित ‘तिम्रै मायाले’ युटुवमा सार्वजनिक भएको छ । बादल घिमिरेको शब्द, सुवास कार्की (कार्की जी) को सँगीत, प्रताप दास र अस्मिता अधिकारीको आवाजमा रहेको उक्त गित युटुवमा मंगलबार युटुवमा सार्वजनिक गरिएको हो । कलाकार गरिमा शर्मा र सागर भण्डारी अभिनित नयाँ गीत तिम्रै मायाले सार्वजनिक घिमिरेको आफ्नै युटुव च्यानल बदल घिमिरे नामको च्यानलबाट हेर्न सकिन्छ । कालाकार सागर भण्डारीले मिम्रै मायाले गित हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन सबै दर्शक श्रोतामा आग्रह गरेका छन ।।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्