२०८१ जेष्ठ ३० गते बुधवार

सल्यान हुदै तुलसीपुर आउन लागेको जिप दुर्घटना



१५ बैशाख,दाङ- रोल्पाको जुगारबाट सल्यान हुदै तुलसीपुर आउन लागेको जिप तुलसीपुर–सल्यान सडकखण्डमा जिप दुर्घटनामा परेको छ । अन्दाजी १६ जना सवार रा १ ज ५१० नंम्वरको जिप दुर्घटनाहुदा ९ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय दाङले जानकारी दिएको छ ।

अहिले सम्म चालकसहित ९ जना घाईते भएको विवरण प्राप्त भएको छ । जसमा गम्भिर घाईते चालकसहित रोल्पाको त्रिवेणी गाउँपालिका ६ का २६ वर्षिय चेतमान पुन, सोही ठाउँका १८ वर्षिय रमेश खड्का, २२ वर्षिया कृष्णा पुन, त्रिवेणी ३ का कमलाकुमारी डाँगी, वडा नंम्वर ५ बस्ने अन्दाजी ३१ वर्षिय अनिता घर्ति, सल्यानको कपुरकोट १ का २५ वर्षिय मलती घर्ति, रोल्पाको त्रिवेणी गाउँपालिका ६ का २२ वर्षिय खुमा पुन र उहाकी १ वर्षिया छोरी रुहानी पुन रहेको ट्राफिक प्रहरी कार्यालय दाङ प्रहरी हवल्दार लोकेन्द्र विष्टले जानकारी दिनुभएको हो ।

पौने १ बजेतिर जिप दुर्घटना हुदा कति घाईते भए भन्ने एकिन तथ्यांक भने अझै आउन सकेको छैन् । गम्भिर घाईते चालकको परिचय खुलेको छैन् भने उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाईतेको उपचार तुलसीपुरको राप्ति प्रादेशिक अस्पतालमा भैरहेको छ भने घटनाका बारेमा थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्