२०८१ चैत्र १० गते आइतवार

कोरोना संक्रमित पुरुषले गरे आत्महत्या



१५ बैशाख । गोरखामा एक कोरोना संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

मंगलबार राति होम आइसोलेसनमा बसिरहेका गोरखा नगरपालिका १४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भारतमा कपडा उद्योगमा काम गर्दै आएका उनी गत चैत २६ गते नेपाल आएका थिए । नेपाल आएपछि कोरोना परीक्षण गरेका उनको वैशाख १० गते संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसेका परिवारका सदस्यले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनी मानसिक तनावमा थिए ।

उनमा कोरोना संक्रमण देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो तर उनको परिवारका पाँच जनाको कोरोना परीक्षण गर्दा अरू कसैलाई पनि संक्रमण देखिएको थिएन ।

कोरोना पुष्टि भएका कारण उनको शव पोष्टमार्टम नगरी व्‍यवस्थापन गर्ने तयारी भएको प्रहरीले जनाएको छ। उनको शव आजै नेपाली सेनाले व्‍यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्