२०८० फाल्गुन ११ गते शुक्रवार

पाँच वर्षमा केही गरेका छौ र ग¥यौँ भन्न पाएका छौँः नगरप्रमुख चौधरी




१४ चैत,घोराही – घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पाँच वर्षमा केही काम गरेकाले नै आज केही गर्न सकेका छौँ भन्ने सकेको बताउनुभएको छ । उपमहानगरको आर्थिक वर्ष ०७८÷०७९ को दोस्रो चौमासिक प्रगति विवरण सार्वजनिक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गर्दै नगरेको भए आज यो गरियो भन्ने अवस्था नहुने बताउनुभयो ।

सार्वजनिक सुनाई कार्यक्रममा आफ्नो कार्यकालमा गरेको लामै कामको विवरण सुनाउनुभएका चौधरीले नागरिकहरुको गुनासो पनि थप विकास गरिदिनुप¥यो भनेर आउने गरेको बताउनुभयो ।

सार्वजनिक सुनाई थुप्रै नागरिकले गरेको प्रश्नको जवाफ दिँदै नगरप्रमुखा चौधरीले घोराही तुलसीपुरको चारलेनको बाटो संघीय सरकारको भएकाले घोराहीले केही गर्न नसकेको बताउनुभयो । चौधरीले आफूहरु घोराहीमा आइसकेपछि सडकमा मागिखाने नागरिक, अलपत्र परेका नागरिक, छाडा पुशुचौपाया नदेखिएको बताउनुभयो ।

घोराही उपमहानगरपालिका भइसकेपछि गाउँलाई सहरसँग जोडेको उहाँको भनाई थियो । घोराही १९ देखि चाँचला क्षेत्र, रज्यमन्नामेका नागरिक सडक सञ्जालसँग जोडिएको नगरप्रमुख चौधरीले बताउनुभयो । सार्वजनिक सुनाई कार्यक्रममा कृषिका सामग्री वितरणमा एक रुपता हुन नसकेकोदेखि सडकबाटो निर्माण नभएको नागरिकहरुले गुनासो गरेका थिए ।

पुल नबनेको, विजुलीको पोल नसारेर सडक पिच गरिएको, व्यसाय दर्ताप्रकृयामा मनोमानी गरेको जस्ता गुनासाहरु नागरिकहरुले गरेका थिए ।
नागरिकको गुनासाहरु उपप्रमुख सितासिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीलगायत सम्बन्धीत शाखा प्रमुखहरुले दिनुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्