२०८१ असार २ गते शनिवार

रोल्पामा झन्डै ६ करोड खर्चेर बनाइयो ’ भ्यु टावर’




१४ चैत,घोराही – रोल्पामा झन्डै ६ करोड लगानीमा भ्यु टावर निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो ।

‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले जानकारी दिनुभएको छ । टावरको अगाडि २०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन्।

रोल्पाभर सहादत प्राप्त गरेका ७ सय ६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १ सय ६५ गरी कूल ९ सय ४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण गरिएको उहाँको भनाई छ ।

यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्ने जनाइएको छ । मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्