२०८१ असार ३ गते आइतवार

स्थानिय चुनावः दाङमा चार लाख बढि मतदाता, १५३ मतदान स्थल



१४ चैत,घोराही – दाङमा कुल चारलाख मतदाता रहेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम परिणाम अनुसार ४ लाख ९ हजार ९ सय मतदाता रहेका छन् । जसमा महिला बढि छन् । महिला मतदाताको संख्या दुइलाख ९ हजार ९९ रहेको छ भने पुरुष मतदाताको संख्या २ लाख ७ सय ९९ रहेको छ ।

दाङमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा मतदाता संख्या रहेका छन्, भने सबै भन्दा थोरै राजपुर गाउँपालिकामा रहेका छन् । घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेका छन् । त्यस्तै राजपुरमा १५ हजार ७ सय २३, तुलसीपुरमा एकलाख ७ हजार ६ सय ७७, गढवामा २९ हजार ८ सय २ जना मतदाता रहेका छन् ।

त्यस्तै दंगीशरणमा १८ हजार एकसय ६, बबईमा २२ हजार एकसय ४४, राप्तीमा ३२ हजार ३ सय २३, लमहीमा ३४ हजार ३ सय ८२ जना मतदाता रहेका छन् ।

यसैबिच दाङमा १५३ वटा मतदान स्थल तोकिएको छ भने ४६१ मतदान केन्द्र तोकिएको छ । घोराहीमा ४० मतदान स्थल तोकिएको छ भने १२६ मतदान केन्द्र रहेका छन् । त्यस्तै तुलसीपुरमा ३३ मतदान स्थल ११९ मतदान केन्द्र, दंगीशरणमा ८ मतदान स्थल २१ मतदान केन्द्र, बंगलाचुलीमा ११ मतदान स्थल १८ मतदान केन्द्र रहेका छन् ।

यसैगरि बबईमा ११ मतदान स्थल २६ मतदान केन्द्र, राजपुुरमा ८ मतदान स्थल १८ मतदान केन्द्र, राप्तीमा १० मतदान स्थल ३५ मतदान केन्द्र, लमहीमा १३ मतदान स्थल ४० मतदान केन्द्र र शान्तिनगरमा ९ वटा मतदान स्थल २५ वटा मतदान केन्द्र रहेका छन् ।।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्