२०८१ साउन ५ गते शनिवार

दाङका २ दर्जन बढी स्थानहरुमा आगलागि



१५ चैत्र,घोराही ।
लामो समयसम्म पानी नपर्दा र मानवीय लापरबाहीका कारण आगलागीका घटना बढेको सरकारले निष्कर्ष निकालेको छ ।

लामो समयदेखि पानी नपर्दा सुख्खापन बढेकोे र यसमा मानवीय लापरबाही पनि थपिँदा आगलागीका घटना दिनहुँ बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अहिले दाङका २ दर्जन बढी स्थानहरुमा आगलागि भएको छ । डिभिजन वन कार्यालय दाङ घोराही र डिभिजन वन कार्यालय दाङ देउखुरीको क्षेत्रका वनहरुमा आगलागि भैरहेको छ ।

डिभिजन वन कार्यालय घोराही क्षेत्रका १४ स्थानमा आगलागि हुदा झण्डै साढे ६ सय हेक्टर वनमा डढेलो लागेको सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै देउखुरीको राप्ती पारीका अधिकांश वनमा डढेलो फैलिएको छ । डढेलो लागेको एकीन तथ्यांक अझै संकलन भएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ । चोरी शिकारी गर्नेहरुले नै वनमा डढेलो लगाउने गरेको अनुमान गरे पनि कसैलाई पक्राउ गर्न नसकिएको सूचना अधिकारी केसीको भनाई छ ।

डढेलो नियन्त्रणका लागि केही उपकरणहरु खरिद गरेको उहाँले बताउनुभयो । यस बर्ष झण्डै ११ लाख रुपैयाँ डढेलो नियन्त्रणका लागि खर्च भएको उहाँको भनाई छ । तर नागरिकहरुको लापर्वाहीले डढेलो नियन्त्रणमा चुनौती थपिएको छ ।

अहिले देशका विभिन्न ४० ठाउँमा डढेलो नियन्त्रणका लागि उपकरण तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । हिजोमात्रै ५१ जिल्लाका विभिन्न २०९ ठाउँमा डढेलो लागेको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्