२०८१ साउन ५ गते शनिवार

२ हजार १०१ पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण



१५ चैत,घोराही । पछिल्लो २४ घन्टामा मुलुकभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार १ सय १ पीसीआर परीक्षण गर्दा आइतवार ८९ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये २ लाख ७२ हजार ५ सय ३० संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार आइतवारमात्रै ९५ संक्रमित निको भएका छन् । आइतवार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म ३ हजार २७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्