२०८१ माघ ५ गते शनिवार

दाङका परियारको मेची महाकाली उल्टो पैदल यात्राको एक महिना पुरा



१६ फागुन, दाङ -दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँका ऋषि परियार मेची महाकाली सम्मको उल्टो पैदल यात्राको आज९आईतवार० एक महिना पुरा भएको छ ।

स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा भन्ने नाराका साथ माघ १५ गतेका दिन काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्राको सुरुवात गर्नुभएको थियो । नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ शुरु भएको उल्टो पैदल यात्राको आज सम्म झण्डै ४ सय ६५ किलोमिटरको दुरी पार गरेको उहाले जानकारी दिनुभयो ।

पुर्व पश्चिम राजमार्गमा पर्ने २१ वटा जिल्ला मध्ये ११ जिल्ला पार गर्नुभएको छ ।आईतवार चितवनमा रहेको पनि उहाले सामाजिक संजाल आफनो फेसबुक मार्फत जानकारी दिनुभएको छ । अहिले सम्मको यात्रामा सबैको राम्रो साथ पाएकोमा धन्यवाद व्यक्त गर्दै थप साथ सहयोग गर्न अपिल गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्