२०८१ माघ ४ गते शुक्रवार

फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य



१६ फागुन, घोराही –
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ४५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्