१६ फागुन,घोराही- १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दावी छ ।
नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार पूर्णखोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोरोनाविरुद्धको खोप सुनिश्चित पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ० जना र १ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् ।
लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् । नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ ।।