२०८० फाल्गुन ११ गते शुक्रवार

दाङमा नेपाल बन्दको प्रभाव, सवारी साधन र बजार ठप्प



१६ फागुन,घोराही – ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव दाङमा बिहानैदेखि परेको छ। नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेकपासहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन्।
बन्दका कारण घोराही, तुलसीपुर, लमही लगाएतका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु बन्द रहेका छन् भने फाट्टफुट्ट रूपमा मोटरसाइकल र अटो रिक्सा चले पनि सार्वजनिक सवारी साधन भने ठप्प छन्।

बन्दमा कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्द साझ ५ बजेपछि खुल्ने नेकपा दाङले जनाएको छ । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानीक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले संयुक्त रूपमा नेपाल बन्द आह्वान गरेका हुन्।

उनीहरूले एमसिसी सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरु राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारले संसदबाट एमसिसी पारित गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन्।।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्