२०८१ माघ ५ गते शनिवार

दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु



१६ फागुन,घोराही – दाङमा आईतबार राती भएका दुई छुट्टा छुट्टै सवारी साधन दुर्घटनामा परि दुई जनाको मृत्युभएको छ भने चार जना घाईते भएका छन् । दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे हाईस र मोटरसाइकल आपसमा ठोक्किएर हाईसमा आगलागि भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर १८ मोनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर १८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

त्यस्तै हाइस चालकका भाइ तुलसीपुर–१८ का २४ वर्षीय कमल परियारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते एक जना भने डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।

यसैविच घोराही तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर १८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोकिदा तुलसीपुर १७ का ३४ बर्षिय ताराबहादुर केसीको मृत्युभएको हो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्