१६ फागुन,देउखुरी ।
गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा तीन घर र दुई गोठमा आगलागी भएको छ । आइतबार बेलुका अचानक भएको आगलागी हुदा स्थानीय कर्णबहादुर रानाको घर-गोठ, कर्णबहादुरकि आमाको घर, स्थानीय मनिराम रिजालको घर-गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । गढवा गाउँपालिका, लमही नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीको सकृयतामा आगलागी नियन्त्रणमा आएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले इन्कोर परियोजना मार्फत पिडित परिवारलाई अस्थायी आवास निर्माणको लागि त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा प्रदान गरेको संयोजक देवी प्याकुरेलले जानकारी दिनुभयो । घटनास्थलमा रेडक्रस सहित गाउँपालिका स्तरिय विपद् व्यवस्थापन समितिका संयोजक तथा गढवा-५ का वडा अध्यक्ष प्रकाश भण्डारी पुग्नु भएको थियो ।