२०८१ चैत्र १३ गते बुधवार

कृषिमा यान्त्रीकरण भएपछि बाली उत्पादनमा वृद्धि



१६ फागुन,घोराही ।
कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

किसानको धेरै समय खेतबारी खन जोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको हो । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हँुदै आएको गोरुले जोत्न छाड्नुभएको छ ।

पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको कृषकको भनाइ छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उहाँको भनाई छ । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ ।

स्थानीय सरकारलाई अधिकार दिएपछि पछिल्लो समयमा दाङका १० वटै पालिकाका स्थानीय सरकारले किसानलाई कृषियन्त्र वितरणको काम थालेका छन् । पछिल्लो समय जिल्लाका किसान प्रविधिको प्रयोग गरेर आम्दानीमा वृद्धि भएको जनाइएको छ ।।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्