२०८१ असोज २३ गते बुधवार

प्रचण्ड सर्वोच्च अदालतमा



१६ फागुन, काठमाडौं ।

अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

उनी अवहेलना मुद्दामा जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ ।

प्रचण्डविरुद्ध अधिवक्ता समीर हायुले अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको आरोप छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्