२०८१ मङ्सिर २५ गते मङ्गलवार

दाङमा आज थप ३८ जनामा कोरोना, ६४ जना निको



१४ माघ, घोराही –
दाङमा आज थप ३८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । १९ जनाको पिसिआर परिक्षणबाट ५ जना र ६० जनाको एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यस्तै आज थपिनेमा तुलसीपुरका १७ जना, घोराही र राप्तीका ७/७ जना, गढवाका ४, दंगीशरणका एक जना र जिल्ला बाहिरका २ जनामा कोरोना देखिएको हो । यसैविच आज ६४ जना कोरोना मुक्त भएका छन् ।

जसमा तुलसीपुरका ४१, घोराहीका १९ , राप्तीका २, दंगिशरण र जिल्ला बाहिरका १/१ जना गरी आज ६४ जना निको भएका छन् । आज ३८ जना थपिएसँगै दाङमा सकृय बिरामीको संख्या ४ सय ४४ पुगकोे छ । उनिहरु मध्य ४ सय ६६ जना घरमै, ५ जना आईसीयुमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्