२०८१ माघ ४ गते शुक्रवार

खोप अभियानको एक वर्ष: पूर्ण मात्रा एक करोड ३७ लाखलाई



१४ माघ,घोराही –
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । २०७७ साल माघ १४ देखि अग्रपंतीमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ ।

एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जना छन् ।
अतिरिक्त डोज अर्थात बुस्टर मात्रा लगाउनेको संख्या दुई लाख ८२ हजार सात सय २४ छ । कुल जनसंख्यामा एक मात्रा लगाउने ५४ दशमलव २ र पूर्ण मात्रा लगाउने ४५ दशमलव २ प्रतिशत रहेका छन् ।

लक्षित जनसंख्यामा १८ वर्ष वा त्योभन्दा माथि एक मात्रा लगाउने ८२ दशमलव ६ र पूर्ण मात्रा लगाउने ६८ दशमलव ९ प्रतिशत पुगेको पछिल्लो तथ्यांक छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्