१४ माघ,दाङ – आईतबारदेखी राप्ति राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ति राजमार्ग अन्तरगत चोरखोलादेखी कपुरकोटसम्मको साघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिन सम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभएको छ ।
पर्सिदेखी २५ गते सम्म विहान ७ देखी ९ बजेसम्म र विहान ११ बजेदेखी दिउसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उहाँले जानकारी दिनुभएको छ । उक्त सडक स्तरोन्नतीकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ । यस अघि पनि पटकपटक सवारी आवगमन बन्द गरी सडक स्तरोन्नतीको काम भएकोमा फेरी समय थप गरी काम गर्नुपर्ने अवस्था भएको कार्यालयले जानकारी दिएको छ ।
साथै अत्याआवश्यक एकतर्फी सवारी साधनका लागी पैयाँखोर–कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने ईन्जिनियर महर्जनले जानकारी दिनुभएको छ ।।