२०८१ माघ ४ गते शुक्रवार

दाङमा भरुवा बन्दुक बरामद



१४ माघ,घोराही -दाङको कोइलाबास नाका सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध हतियार बरामद गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको भालुखोला सिमावर्ती क्षेत्रबाट अस्ति बुधबार एकनाल भरूवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिनुभएको छ ।

सिमावर्ती क्षेत्र भालुखोला जंगलमा नियमित गस्तीको क्रममा विओपी कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधवप्रसाद ढुंगेलको कमाण्डमा खटिएको पैदल गस्तीले रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध हतियार एकनाल भरुवा बन्दुक बरामद गरेको हो ।

उक्त अवैध हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ । बरामद गरिएको अवैध हतियार सिमा प्रहरी चौकी कोइलाबासलाइ बुझाइएको छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्